samajikkhabar.com

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गाँजासहित छ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्लाको हरिहरपुरगढीबाट ५५ केजी गाँजा सहित ३ वटा मोटरसाइकलमा सवार छ जनालाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा हरिहपुरगढी गाउँपालिका–७ का सन्तोष स्यांतान, आकाश वल, अंकित मुक्तान, सरोज स्यांतान,मरिण गाउँपालिकाका तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वागमती नगरपालिकाका श्रवणकुमार वाईवा रहेका छन् । 

samajikkhabar.com