samajikkhabar.com

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेका फिल्म ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानी एक कार्यक्रमको आयोजनासहित ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा फिल्म भित्रको मुख्य केही अंश समेटिएको छ, ट्रेलर बाट फिल्मले राजनीतिको कथा उठान गरेको अनुमान लगाउन सकिन्छ ।  सिताराम र कुञ्जनाको सँगै फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रामबाबु गुरुङले निर्देशन गरेका ‘सेन्टी भाइरस’ कुमार कट्टेल र दीपक आचार्यले लेखेको हुन भने फिल्ममा डिन्डु लामा ह्योल्मोको पनि लगानी रहेको छ ।  शैलेन्द्र डि.कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन रहेको फिल्म फागुन ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । 

samajikkhabar.com