samajikkhabar.com

हेटौंडा — मकवानपुरको  थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका छन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले जानकारी दिए ।

अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। ती पर्यटकहरु दुई कोठा लिए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ।

चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको एसपी राठौरले जानकारी दिए । उनका अनुसारअचेत अवस्थामा रहेका भारतीयहरुको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर बोलाइएको छ।
१५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका हुन् ।

samajikkhabar.com