samajikkhabar.com

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वार्ड न.-१ नयागाउँ नेटाकटेरी निवासी श्री भोज बहादुर जि सी कि छोरी सोही गाउँपालिका वार्ड न.-२ पिपधारा खालापाटा निवासी श्री कृष्ण खड्का कि बुहारी, तथा श्री विनोद खड्का की जीवन साथी अनिता जि सी “खड्कालाइ ब्रेन हेमरेज भएपछि २०७६ जेठ २९ गते भैरहवा युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा अनिताको अपरेसन भएछ।अप्रेसन त भयो अस्पताल को ४ महिनाको बसाई पछि पनि अनितालाई पूर्ण निको भने भएनछ ।

सहयोग का लागि अनिताका श्रीमान बिनोद खड्का, सम्पर्क मोबाइल नम्बर:-9860026812

त्यसपछि थप उपचार का लागि अनिता लाई काठमाडौं को टिचिङ अस्पतालमा ल्याइएछ। टिचिङ अस्पतालमा केही महिनाको उपचार पछि अनिता को स्वास्थ्यमा सुधार हुँदै गएको त छ तर अहिले अनिताको थप उपचार को लागि परिवार मा अार्थिक अभाव देखिएको छ।न्यून अाए भएको उन्को ८महिना लामो हस्पिटल उपचार ले भए जतिको धन सम्पत्ति सकिएको छ। काठमाडौंको ठाउँ अहिले हस्पिटल बाटै अनिताको ३बर्षिय छोरी र उहाँको श्रीमानले हस्पिटल बाटै अनिताको जीवन बचाईदिन भन्दै दुई हात जोडि रहनु भएको छ।अब अनितालाई थप उपचारको लागी स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी जो सहयोगी मन हुनुहुन्छ उहाहरु सबैले आफु सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।।

मानिसको चोला हो अप्ठ्यारो जसलाई जतिबेला पनि पर्न सक्छ।यदि कसैलाई अफ्ट्यारो परेको छ भने त्यस्तो कठिन परिस्थितिमा अाफु सक्दो सहयोग गर्नु हामी सबै को मानवीय धर्म हो।यतिबेला अस्पताल को बेडमा छट्पटाई रहेकी अनिता लाई तपाईं हाम्रो सहयोगको अत्यधिक खाचो परेको छ।उनलाई उपचार गर्दागर्दै परिवार सग भएको सबै धन सम्पत्ति सकिए पछि यतिबेला उन्को परिवारमा आर्थिक अभावमा परेको छ त्यसैले अाउनुहोस् जति सक्नुहुन्छ त्यति उहाँलाई सहयोग गरेर नयाँ जीवन दिन तपाईं हामी सबैले हातेमालो गरौं।। पिडितका लागि सानो सहयोग नै ठुलो धर्म हो!!

सहयोग का लागि अनिताका श्रीमान बिनोद खड्का, सम्पर्क मोबाइल नम्बर:-9860026812

samajikkhabar.com