samajikkhabar.com

बिहीबार दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबारसम्म हल्का वर्षा हुने देखिए पनि शनिबारबाट मौसममा सुधार हुने महाशाखाका मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘आज र भोलि देशभर हल्का पानी पर्ने देखिएको छ,’ उनले भनिन्,‘शनिबारदेखि भने मौसममा सुधार हुनेछ।’

श्चिमी र मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति पनि मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मानन्धरले बताइन्।

samajikkhabar.com