samajikkhabar.com

काठमाडौं , सर्वोच्च अदालतले गोकर्ण रिसोर्टसँगको सम्झौता अवधि बाँकी हुँदै सम्झौता नविकरण गर्नुपर्ने कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

मन्त्रिपरिषदको सम्झौता अवधि बाँकी हुँदै शंकास्पद ढंगले म्याद थप गरेको भन्दै दायर रिटमा सर्वोच्चले म्याद थप गर्नुपर्ने कारण मागेको हो ।

रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारलाई म्याद थप गर्नुको कराणसहित आगामी १२ माघमा छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

सरकारले नेपाल ट्रष्टको जग्गामा रहेको गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि ६ वर्ष बाँकी हुँदै २५ वर्ष थप गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सो निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रीट दायर भएको थियो, जग्गा म्याद नसकिँदै यति कम्पनीलाई दिने निर्णय विवादमा छ।

samajikkhabar.com