samajikkhabar.com

अपराध कर्ममा लागेका बाबालाई प्रहरीले फेरी पक्राउ गरेको छ, युरोप पठाइदिन्छ भन्दै ठगी गर्ने बाबा शिवानन्द स्वामीका नामले परिचित दिपक भण्डारी पक्राउ परेका हुन ।

ठगी उजुरी परेपछि भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । उनले विदेश पठाइदिने भन्दै चार जनासँग ३० लाख रुपैयाँ लिएका थिए । पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

samajikkhabar.com