samajikkhabar.com

काठमाडौं । श्रीमानले साउदीको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार श्रीमती बेपत्ता भएकी छिन ।उनको श्रीमानले श्रीमती खोजीदिन र सम्पत्तीको रक्षा गरिदिन सबैलाई आग्रह गरेका छन् ।

उनले श्रीमती अर्कैसंग विवाह गएर हिडेको बताएका छन् । श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्कविहिन भए पछि उनका श्रीमान मिडियामा आएका हुन् । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए ।

वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गतेदेखी सम्पर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन ।

थप अनुʼसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्क विहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष तनावमा रहेका छन ।

samajikkhabar.com