samajikkhabar.com

धनुषा– अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्ने एक युवाको टिफरको ठक्करबाट ज्यान गएको हो ।

धुनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो ।

मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले महतोलाई किचेको हो । टिपरले किचेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले किचेर हत्या गरेको देखिएको बताए । प्रहरीका अनुसार महतोले औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका थिए ।

उनको हत्यापछि स्थानीयले मिथिला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

samajikkhabar.com