samajikkhabar.com

काठमाण्डौं, नुवाकोट जिल्लाको बिदुर नगरपालीकाले पौष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ठकुरी सहयोग संजालको पहलमा नगरपालिकाले उक्त निर्णय गरेको संजालका सल्लाहकार किरण शाहले जानकारी दिनुभयो ।

यसैगरी गोर्खा जिल्लामा गोर्खा नगरपालीकाले पनि पौष २७ गते सार्वजनिक बिदा दिई २६ र २७ गते दुई दिन भब्य रुपमा पृथ्वी जयन्ती एंबम राष्ट्रिय एकता दिबस मनाउने निर्णय गरेको छ ।

गत बर्ष ठकुरी सहयोग संजालले गोर्खामा राष्ट्रिय एकता दिबसका दिन कार्यक्रमको आयोजना गरेको थियो र सोही कार्यक्रममा नगर प्रमुखले प्रतिबद्धता जनाए अनुसार यस बर्ष पृथ्वीनाराण शाह को जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको पनि शाहले बताए । पौष २७ लाई भब्य रुपमा मनाउन संजालको तयारी भईरहेको समेत जानकारी दिए ।

नेपालमा गणतन्त्र स्थापना भएपछी पृथ्वीनाराण शाह को जन्म जयनन्तीमा सरकारले बिदा दिन छोडेको हो । यद्दपी सरकारले एकता दिवसका दिन भने कार्यक्रम गरी मनाउने गरेको छ ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करीब २५÷२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । नगरपालिकाको गत पुस १० गते बसेको पाँचाँै नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

samajikkhabar.com