samajikkhabar.com

काठमाण्डाै – आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र साेमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।  

अहिले काठमाण्डाैसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनु भयो । साेमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ ।

नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । तर  प्रणालीको असर कत्तिक्को पर्छ भन्ने बारे भने अहिल्यै भन्न नसकिने उहाँले जानकारी दिनुभयाे ।

आइतबार बिहान काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकाे छ ।

केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।  

samajikkhabar.com