samajikkhabar.com

नेपालगन्ज : नेपाली कांग्रेस निकट नेपाल तरुण दलले गरेको बन्दका कारण शुक्रबार बाँकेको जनजीवन प्रभावित भएको छ । नेपाली कांग्रेस तथा तरुण दलका कार्यकर्ताहरु सडकमा परिचालन भएर बिहानैदेखि प्रर्दशन गरिरहेका छन् । उनीहरुले सडकमा टायर बालेर सरकारकाविरुद्ध चर्का नारा लगाएका छन् ।

शाहलाई रिहा गर्नुपर्ने माग राखेर नेपाल तरुण दल बाँकेले बन्द आव्हान गरेको हो ।


केहीदिन अघिे नेपाल तरुण दल नेपालगन्ज उपमहानगर सभापति संदिपजंग शाहको बा १८ च ४२११ नम्बरको कारको सिटमुनीबाट एक थान अमेरिकन पेस्तोल, दुई राउण्ड गोली र म्याग्जिनसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

samajikkhabar.com