samajikkhabar.com
xi-jing-ping-in-india

चिनिया राष्ट्रपति सी जिङपिङ दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । शुक्रबार दिउँसो करीब दुई बजे राष्ट्रपति सीको विमान चेन्नाई एयरपोर्टमा ल्याण्ड भएको छ । यो पटक चीन–भारतबीचको इन्फर्मल समिट तमिलनाडुको महाबलीपुरम (माम्मलापुरम) मा हुँदैछ ।

चेन्नाईको एयरपोर्टमा राष्ट्रपति सीलाई तमिलनाडुका मुख्यमन्त्री ई. पलानीस्वामी, उपमुख्यमन्त्री ओ. पन्नीरसेल्वमले भव्य रुपमा स्वागत गरेका छन् । त्यहाँबाट राष्ट्रपति सी सीधै होटल जानेछन् । साँझको समयमा उनी सीधै महाबलीपुर पुग्नेछन्, जहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् ।

भारतीय प्रधानमन्त्री मोदीले पनि चिनिया राष्ट्रपति सीलाई तमिलनाडुको महाबलीपुरममै भेट गर्दैछन्, जहाँ महत्वपूर्ण विषयमा कुराकानी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार प्रधानमन्त्री मोदी र राष्ट्रपति सी ६ घण्टासम्म सँगै रहनेछन् । साथै वान टु वान बैठक करीब ४० मिनेटको हुने बताइएको छ । त्यसपछि दुवै देशको अर्को एक प्रेस स्टेटमेन्ट जारी गरिनेछ ।

samajikkhabar.com