samajikkhabar.com

काठमाडौं, काठमाडौंको दक्षिणकाली नगरपालिका-४ का वडाध्यक्ष पुष्कर खड्का मानव बेचविखनको आरोपमा पक्राउ परेका छन्।

खड्काविरूद्ध एक महिलाले उजुरी दिएपछि माघ १० गते प्रहरीले उनीसहित काठमाडौंका ब्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारीका नवल ठाकुरलाई ललितपुरबाट पक्राउ गरेको थियो।

‘अदालतबाट ८ दिनको म्याद थपेर तीनै जनामाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ,’  महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहले भनिन्।

खड्का २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

खड्का पक्राउ परेपछि वडासदस्य सानुबाबु श्रेष्ठलेलाई निमित्त वडाध्यक्षको जिम्मेवारी दिइएको छ।

‘वडाध्यक्ष कहाँ जानुभएको हो थाहा भएन। मेयरज्यूले अब तपाईंले चलाइदिनु पर्‍यो भनेपछि आइतबारदेखि म निमित्त छु,’ श्रेष्ठले भने।    

-रासस

samajikkhabar.com