samajikkhabar.com

अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका पाँच भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार पाँच भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

४० यात्रुमध्ये पाँच जना भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

पक्राउ पर्नेमा ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ छन्।

उपरीक्षक राठौर अनुसार आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग पठाउने अध्यागमन कार्यालय, वीरगञ्ज प्रमुख अध्यागमन अधिकृत सञ्जु सुनारले जानकारी दिइन्।

‘पासपोर्ट नलिई आएका विदेशी नागरिक फेला परे अध्यागमन कार्यालयका कर्मचारी साथ लगाएर विभाग पठाउने गरिएको छ’, उनले भनिन्, ‘ विभागले नै त्यसपछिका प्रक्रिया अगाडि बढाउँछ।’

यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद भएको थियो ।

samajikkhabar.com