samajikkhabar.com

लोकसेवा परीक्षाको तयारीका लागि भन्दै कार्यालयमा हाजिर गरेर हिँड्ने कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन सबै मन्त्रालय तथा निकायलाई पत्राचार समेत गरेको छ ।

लोकसेवा आयोगले सहसचिव तथा उपसचिव स्तरको खुला र बढुवा तर्फको विज्ञापन गरेपछि ठूलो संख्यामा कर्मचारी परीक्षाको तयारीमा व्यस्त छन् । मन्त्रालयले गरेको ‘सर्कुलर’ मा अत्यावश्यक कामका लागि मात्र कर्मचारीलाई बिदा दिन भनिएको छ ।

samajikkhabar.com