samajikkhabar.com

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले रु १२ लाख मूल्य बराबरको ह्याण्डी क्राफ्ट (काँस तथा पित्तल)का सामाग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्नेहरु गएराती पक्राउमा परेका हुन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङ

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेपलाञ्चोका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारैजनालाई पक्राउ गरिएको जानकारी दिए । “चोरी गरिएका सामग्री वनस्थलीस्थित रोशन लामाको कोठामा लुकाएर राखेको भेटियो”, उनले भने । वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५ थान, काँस र पित्तलजस्तो देखिने नौ सिङ्गे दोर्जे १५० थान, चारसिङ्गे एण्डी ११५ थान र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ ।

samajikkhabar.com