samajikkhabar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ जनालाई घुससहित पक्राउ गरेको छ । बिहीबार छापामार्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको हो ।

भट्टराईसहित रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तम बिक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी पनि पक्राउ परेका हुन् । मोटरसाइकल पास गर्न आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत मोटरसाइकल पास गर्न सजिलो सजिलो गराइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारि दिएको छ ।

उनीहरुलाइ कार्यालय परिसरबाट घुस रकमसहित पक्राउ गरेको हो । उनिहरुमाथि थप अनुसन्धान भैरहेको माथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारि दिएको छ।

samajikkhabar.com