samajikkhabar.com
सत्य सेवा सुरक्षणम

चिनियाँ राष्ट्रपति सी जिङ पिङको भ्रमण अवधिभर महानगरीय प्रहरी परिसर जाउलाखेलले तिब्बती शरणार्थीमाथि उच्च निगरानी गर्ने भएको छ। परिसरले मंगलबार भ्रमण अवधिमा अवाञ्छित गतिविधि गर्न सक्ने आशंकामा पाँच तिब्बती शरणार्थीलाई पक्राउ गरेको थियो। सोधपुछ पछि उनीहरूलाई छाडिएको प्रहरिले जनाएको छ । एकान्तकुना स्थित शिविरमा बसोबास गरिरहेको शरणार्थी माथि सुरक्षा निगरानी प्रहरीले गर्नेछ।

‘राष्ट्रपति सी को भ्रमण अवधिभर कुनै अप्रिय गतिविधि नहोस भनेर उनीहरूमाथि सुरक्षा निगरानी गरिएको हो’,प्रहरिले भनेको छ , ‘भ्रमणभर सुरक्षा व्यवस्था कडा गर्नेछौं।’

भीभीआईपीले जता पनि भ्रमणको इच्छा व्यक्त गर्नसक्ने भएकाले ललितपुरमा पनि सुरक्षा तयारी चुस्त बनाइएको राईले बताए। ‘कुनै पनि बेला आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गरिएको छ’, उनले भने।

ललितपुरमा ६ सय तिब्बती शरणर्थी बस्छन्। ०६८ पछि उनीहरूको दर्ता नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

samajikkhabar.com