samajikkhabar.com
ciaa-akhtiyaar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख घुससहित एकजना ओभरसियर पक्राउ गरेको छ। लायन्स इन्जिनियरिङ कन्ट्रक्सन एन्ड कन्सल्टेन्सी टोखाका ओभरसियर प्रशान्त चौधरीलाई अख्तियारको टोलीले ५ लाख घुस सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनका लागि भनी सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा चौधरीलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनलाई रकम सहित कार्यालय परिसरबाट पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

samajikkhabar.com