samajikkhabar.com
बैंक अफ काठमाण्डूका पूर्व प्रमुख

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमसल धितोमा साढे चार करोड रूपैयाँ ऋण प्रवाह गरेको अभियोगमा बैंक अफ काठमाण्डू (बीओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ । झापामा खोलाभित्रको जग्गा देखाएर डेढ करोड र अन्य कमसल धितोमा तीन करोड गरी साढे चार करोड रूपैयाँ ऋण निकासा गरेको अभियोगमाथि छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । अभियोग पुष्टी भए उनीहरुलाई बैंकिङ्ग कसुर अनुसार मुद्दा चलाइने बताइएको छ ।

samajikkhabar.com