samajikkhabar.com
सत्य सेवा सुरक्षणम
सत्य सेवा सुरक्षणम्

समाज र राष्ट्रको सुरक्षाको पहरेदार भई शान्ति सुरक्षा र अमनचयन कायम राख्नु प्रहरीको पहिलो काम हो। प्रहरीलाई जनताको रक्षकको रुपमा लिइने गरिएको छ। तर जो रक्षक उही नै भक्षक भएपछि सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति कसरी गर्ने?

त्रिपुरासुन्दरी नगरपालिका–२ रुमस्थित वडा कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी चौकी त्रिपुराकोटका ३९ वर्षीय प्रहरी हवल्दार दानबहादुर जिसीले १२ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेका छन्। त्रिपुरासुन्दरी नगरपालिका २ की कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अनुजा थापालाई असोज १ गते राती ८ बजेतिर मदिरा सेवन गरेर जबरजस्ती बलात्कार प्रयास गरेको पीडितका आफन्तले प्रहरी चौकी त्रिपुराकोटमा दिएको निवेदनमा उल्लेख छ। पीडित परिवारले निवेदन दिएलगत्तै बलात्कार प्रयासका आरोपित प्रहरी हवल्दार जिसिलाई असोज १ गते रातीनै जिल्ला प्रहरी कार्यालय दुनैमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए। आरोपित हवल्दारलाई रातारात जिल्ला पठाइएको भन्दै रुम गाउँका स्थानीयले बिहिबार प्रहरी चौकी घेराउ गर्दै ढुङ्गामुढासमेत गरेका छन्। झण्डै तीन सयको हाराहारीमा आएका स्थानीयले चौकी घेराउ गर्दै नाराजुलुस गरेपछि स्थिति तनावग्रस्त भएको बताइएको छ।

samajikkhabar.com