samajikkhabar.com
 गोली लागेर एक जनाको मृत्यु

रुपन्देहीको रोहिणी गाउँपालिका ३ बकुण्डपुरमा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । तर, स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको अज्ञात समूहले गोली हानेको दाबी गरेका छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । प्रहरीले घटना घटाउनेको खोजि गरिरहेको जनाएको छ ।

samajikkhabar.com