samajikkhabar.com
सरकारी गाडीमा भरौटे र आसेपासेहरुको रजाई

देसका विभिन्न स्थानीय निकाय र अन्य कार्यालयहरुका सरकारी गाडीमा जनप्रतिनिधी तथा कर्मचारीहरुका आसेपासेहरुको रजाई हुने गरेको पाइएको छ । उच्च तहका सरकारी कर्मचारी र स्थानीय तहका वडाध्यक्ष देखि मेयर उपमेयरहरुको गाडी सम्ममा उनका भरौटे तथा आसेपासेहरुको मस्ती तथा रजाई हुँने गरेको हो ।

कार्यालय समयमै समेत सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीले उक्त सरकारी नम्बर प्लेटको दुई पाङ्ग्रे र चार पाङग्रे गाडी आफ्ना आफन्त, कार्यक्रता र चाकडीयाहरुलाई निर्वाध रुपमा दिएको समेत पाइन्छ । कतीपय कर्मचारी तथा जनप्रतिनिधीहरुले सरकारी नम्बर प्लेटको गाडीलाई आफन्त घुमाउने साधनका रुपमा पटक–पटक प्रयोग गरेको समेत भेटिन्छ ।

श्रीमती,छोरा(छोरी,आफन्त(घरपरिवार तथा भरौटेलाई सरकारी गाडी र सरकारी ईन्धनमा नै ‘टूर’ अर्थात भ्रमणमा पठाएका तथ्यहरु समेत फेलापारेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले सार्वजनिक सेवाभन्दा पनि व्यक्तिगत सुविधालाई प्राथमिकतामा राखेर सवारी साधनको प्रयोग गरिरहेका छन् ।

samajikkhabar.com