samajikkhabar.com
कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ

कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैद रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।

यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा गाडीमा लुकाएको रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बर्मासँग ६वटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

samajikkhabar.com