samajikkhabar.com
अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरण
सर्वोच्च अदालत

अख्तियार स्रोतका अनुसार ललितानिवास प्रकरणमा जोडिएका विभिन्न दलका नेताहरूसँग बयान लिने-नलिने विषयमा अख्तियारका अधिकारी टुंगोमा पुगेका छैनन्। अख्तियार स्रोतले भन्यो, ‘यस प्रकरणलाई नीतिगत निर्णय र प्रशासनिक निर्णय गरी दुई किसिमबाट हेरिँदैछ। प्रशासनिक निर्णयबाट हेर्दा मालपोत कार्यालय तथा अन्य सरकारी कर्मचारी जोडिन्छन्। यसैगरी व्यापारी, व्यवसायी पनि यसमा जोडिएका छन्।

तर मन्त्रिपरिषद्को निर्णयमा संलग्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने या नबोलाउने भन्ने विषयमा अलमल छ।’ यस प्रकरणमा जोडिएका सरकारी कर्मचारी तथा किनबेचमा संलग्न अन्य व्यापारी, व्यवसायीलाई विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भएको स्रोतको भनाइ छ। अख्तियारले हाल बालुवाटारको जग्गा किनबेचमा संलग्न तथा नक्कली मोही खडा गर्ने मालपोत कार्यलयका तत्कालीन कर्मचारीको हकमा समेत छानबिन सुरु गरेको छ।

samajikkhabar.com