samajikkhabar.com
बोरिस जोन्सन

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको संसद भंग गर्ने निर्णयलाई उच्च अदालतले ‘अवैध’ भन्दै फैसला गरिदिएको छ । मंगलबार अदालतले प्रधानमन्त्रीको विवादास्पद निर्णयलाई अवैध भनिदिएको हो । बेलायतको उच्चस्तरका मुद्दामध्ये एक यस घटनामा प्रधानमन्त्रीले कानुनी तरिकाले निर्णय नगरेको जनाएको छ ।

अदालतको यस्तो फैसलासँगै बेलायतमा राजनीतिक परिस्थिति बदलिने देखिएको छ । यससँगै जोन्सनलाई थप राजनीतिक दबाव देखिएको छ । ब्रेक्जिट मुद्दालाई सल्टाउने भन्दै प्रधानमन्त्री बनेका उनलाई एकपछि अर्को दबाव परेको हो ।

samajikkhabar.com