samajikkhabar.com
नेपालको राष्ट्रिय झण्डा बुर्ज खलिफामा पहिलो पटक

संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमल्याइँदै (लाइट अप) छ। स्थानीय समय अनुसार राती ९ः१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ ९ः१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमल्याइँदै,’ राजदूतावासको फेसबुक पेजमा लेखिएको छ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

samajikkhabar.com