samajikkhabar.com
japan typhoon

जापानमा ६ दशक यताकै शक्तिशालि आँधी आएको छ । आँधीमा परि हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने कयौँ बेपत्ता छन् । शनिवार आएको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। त्यहाँको बत्तीको लाईन काटिएको छ । जसबाट लाखौँ मानिस प्रभाबित बनेका छन् ।’ हगिबिस ‘ नामक उक्त आँधी अहिले उत्तरतिर बढिरहेको छ र पछि समुद्रतिरै फर्कने बताईएको छ । २२५ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधी जापानी समय अनुसार साँझ जापानि तटबाट सुरुभएको थियो । जापानी समाचार माध्यमका अनुसार २ लाख ७० हजार घरहरूमा बिजुली गएको छ। घटनाले जापानिज सरकारलाई चिन्तित तुल्याएको छ ।

samajikkhabar.com