samajikkhabar.com

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम एसिया कपको पहिलो सेमिफाइनलमा पाकिस्तानले भारतमाथि रोमाञ्चक जित निकालेको छ । अन्तिम ओभरसम्म भारतको पक्षमा रहेको खेल पाकिस्तानले ३ रनले आफ्नो पक्षमा पारेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६७ रन जोड्यो। २६८ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम बलसम्म खेल्दा ८ विकेट गुमाउँदै २६४ रन बनायो।

भारतकालागि सन्वीर सिंहले ७६ रन जोडे। तर त्यो जितका लागि भने प्रर्याप्त भएन। पाकिस्तानको जितका लागि मोहम्मद हसेनाइन र सइफ बदरले २, २ विकेट लिए। त्यस्तै अमद बुट र उमेर खानको नाममा पनि १, १ विकेट रह्यो। यसअघि ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ओमर युसुफले सर्वाधिक ६६ रन जोडे। उनले ९७ बलको सामना गर्दै २ छक्का र ३ चौका हिर्काए। त्यस्तै नटआउट रहेका सइफ बदरले महत्वपूर्ण ४७ रन हिर्काए। जितसँगै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले अब बंगलादेश र अफगानिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा भिड्नेछ।

samajikkhabar.com