samajikkhabar.com

भारतीय सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दूलाई दिइने फैसला सुनाएको छ । अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ ।

पाँचजना न्यायाधीशहरूको संयुक्त इजलासले सर्वसम्मत फैसला गर्दै तीन महिनाभित्र एउटा ट्रस्टको स्थापना गर्न भनेको हो ।

सन् १९९२ मा मस्जिद भत्काइएको थियो र एक दशकपछि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च अदालतमा दर्ता भएको थियो। सेप्टेम्बर २०१० मा त्यसबारे एउटा फैसला आएको थियो। उक्त फैसलामा विवादित २.७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्नुपर्ने भनिएको थियो । त्यतिखेर अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ हिन्दू सन्न्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो। तर हिन्दू र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेपछि सन् २०११ मा त्यो आदेशलाई खारेज गरिएको थियो।

भारतिय पुरातत्व बिभागले भत्काइएको बाबरि मस्जिदको मुनि राम मन्दिरको अवशेष भेटिएको प्रतिवेदन पेश गरेको थियो ।

samajikkhabar.com