samajikkhabar.com
सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप
तस्बिर : TOI फूटेज

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । दुई तिहाई क्षेत्र चीनको नियन्त्रणमा रहेको पूर्वी लद्दाखमा झडप भएको हो । भारतीय सैनिक गस्तीमा गएको विरोधमा दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडर स्तरीय छलफल गर्ने सहमति भएको पनि खबरमा उल्लेख छ ।

भिडियो : The Times of India
samajikkhabar.com