samajikkhabar.com
काश्मिर विवादमा नेपालको धारणा - nepals view on kashmir - article 370 of indian constitution

सार्कको वर्तमान अध्यक्ष भए तापनि नेपालले यस क्षेत्रमा विकसित तिक्तता र द्वन्द स्थितिबारे नबोलेको भन्दै कतिपयले प्रश्न उठाइरहेका बेला सोमबार मन्त्रालयकै कार्यकक्षमा पत्रकारहरूसँग बोल्दै मन्त्री ज्ञवालीले यो मामिलामा नेपालको खासगरी दुईवटा चासो रहेको बताए।
पहिलो, कश्मीर क्षेत्रमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको स्थितिबारेको चिन्ता र दोस्रो, चाहिँ क्षेत्रीय शान्ति र स्थिरता बारेको चिन्ता ।

पहिलो चिन्ताबारे दिल्लीस्थित नेपाली दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र हालसम्म कुनै अप्ठेरो परेको जानकारी नआएको मन्त्री ज्ञवालीले बताए।
दोस्रो विषयमा भने मन्त्री ज्ञवालीले घुमाउरो भाषामा नेपालले केवल क्षेत्रीय शान्ति र स्थिरता नखलबलियोस् भन्ने चाहेको बताए। नेपाल सदैव छिमेकमा शान्ति र स्थिरताको पक्षमा छ र यो क्षेत्रमा पनि शान्ति र स्थिरताको पक्षमा छ। समस्याहरू आउँदा तिनीहरूको वार्ताबाट समस्या समाधान हुनसक्छ भन्ने हाम्रो विश्वास छ।

भारतको नेतृत्वमा ती कुराहरूको समाधान गर्ने क्षमता छ भन्ने पनि हामीलाई विश्वास छ। क्षेत्रीय शान्तिमा कहीँकतै प्रतिकूल प्रभाव पर्नेछैन भन्ने हामीले आशा गरेका छौँ। सार्कको अध्यक्षको हिसाबले हामी त्यही सन्देश प्रवाहित गर्न चाहन्छौँ, उनले भने।

samajikkhabar.com