samajikkhabar.com

चीनले नेपाल र भारत बीच देखिएको सीमा विवादलाई आपसी संवादबाट सुल्झाउन नेपाल र भारत दुबैलाई सुझाव दिएको छ । भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेक समावेश गरेपछि दुई देश बिच विवाद बढेको हो ।

बिहीबार काठमाण्डौस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै पछिल्लो पटक भारतले जारी गरेको नयाँ राजनीतिक नक्सासँगै देखिएको कालापानी सीमा विवाद वार्ता मार्फत टुंग्याउनु पर्नेमा जोड दिएको हो ।

नेपाली भूमि आफूहरुले अतिक्रमण नगरेको प्रष्ट पार्दै चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको जहिल्यै पनि सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।

samajikkhabar.com