samajikkhabar.com
chinapresidentxijinping

दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्कनुअघि नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भने, ‘चीनलाई विभाजन गर्न खोज्ने जो–कोहीको प्रयासलाई विफल बनाइने छ ।’ सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्‍याइरहेका बाह्य शक्तिलाई पनि चिनियाँ जनताले निस्तेज पारिदिने बताएका हुन् ।

शी जिनपिंगको नेपाल भ्रमणले चीन र नेपालबीचको मित्रतालाई अझ गाढा बनाएको छ । भ्रमणका क्रममा दुवै देशबीच कयौँ दुई पक्षीय सम्झौताहरु भएका छन् । नेपालले पनि वन चाइना पोलिसीमा प्रतिबद्धता जनाएको छ ।

सी जिनपिंगलाई बिदाई गरेपश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको ट्वीटरमा उल्लेख गरेका थिए । नेपालले चीनको महत्वकांक्षी परियोजना वन बेल्ट वन रोडको पनि समर्थन गरेको छ । यद्यपी भारत यस परियोजनाको विरुद्ध छ ।

सीको भ्रमणका क्रममा चीन र नेपालबीच २० सम्झौतामा हस्ताक्षर भएको थियो ।

samajikkhabar.com