samajikkhabar.com

नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन् । उनि मंगलबार मध्यान्‍नमा काठमाडौं आइपुगेका हुन्।

Bangladesh-President-Abdul-Hamid

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हमिदलाई स्वागत गरिन् । राष्ट्रपति भण्डारीको निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्। विमानस्थलमा उनलाई गार्ड अफ अनर दिइएको छ।

तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण भएको हो। सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो। बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गरेका थिए।

samajikkhabar.com