samajikkhabar.com

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको छ । आइतबार राति साउदी अरेबियाको अल साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले ब्राजिलाई १-० गोल अन्तरले पराजित गर्दै ‘सुपरक्लासिको’को उपाधि हात पारेको हो ।

अर्जेन्टिनालाई जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले निर्णायक गोल गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गर्न नसके पनि रि–बाउन्ड बलमा गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीको सदुपयोग गर्न सकेन । जेससले पर्खिएर प्रहार गरेको उक्त पेनाल्टी पोलभन्दा बाहिरबाट गएको थियो । बक्समा अर्जेन्टिनी डिफेन्डरले ब्राजिलका ग्याब्रिएल जेससलाई लडाएपछि रेफ्रीले ब्राजिललाई सोझै पेनाल्टी दिए ।

त्यसको ३ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पायो । कप्तान मेस्सीले प्रहार गरेको उक्त पेनाल्टी ब्राजिलका गोलकिपर एलिसन बेकरले मेस्सीको पेनाल्टी छेके । तर, रि–बाउन्ड बलमा मेस्सीले गर्दै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

samajikkhabar.com