samajikkhabar.com

जम्मू कश्मीरको विषयलाई लिएर भारत र पाकिस्तान बिचको विवाद बढ्दै गएको संकेत देखिएको छ । जस अनुसार पाकिस्तानले भारत जाने गरेको रेल पाकिस्तानको सिमामा रोकिदिएको छ । पाकिस्तानले कश्मीरबाट संविधानको धारा ३७० हटाएपछि सुरक्षाको कारण देखाउँदै यस्तो कदम उठाएको हो ।
संचारमाध्यमले पाकिस्तानले आफ्नो चालक र सुरक्षा गार्डका साथमा रेल पठाउन अस्वीकार गरेको हो भनेका छन् , सम्झौता एक्सप्रेस नामक रेल अहिले बगहा सिमामा रोकिएको छ ।

दिल्ली-अटारि-र-पाकिस्तान-तर्फ-लाहोर-बाघा
दिल्ली-अटारि-र-पाकिस्तान-तर्फ-लाहोर-बगहा

पाकिस्तानले बिहीबार सुरक्षा चिन्ता व्यक्त गर्दै रेल रोकेपछि भारत हिँडेका सयौँ यात्रु सिमामै अलपत्र परेका छन् । तर पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्डका साथमा भारत जानसक्ने विकल्प भने दिएको छ । दुई देशबीच सन् १९७६ देखि भारतबाट दिल्लीदेखि अटारि सम्म र पाकिस्तान तर्फ लाहोर देखि बगहा सम्म रेल संचालन हुदै आएको थियो ।

samajikkhabar.com