samajikkhabar.com
pakistan and india - singhadurbar daily
भारतसँगको व्यापार तोड्दै पाकिस्तान

जम्मू कश्मीर विशेष राज्यको दर्जा खोस्ने गरि भारतले गरेको निर्णयको पाकिस्तान कडा रुपमा प्रस्तुत हुने संकेत देखाएको छ । जस अनुरुप पाकिस्तानले भारत संगको व्यापारिक सम्बन्धको अन्त्य गर्ने निर्णय गरेको छ । पाकिस्तानले भारत स्थित पाकिस्तानि राजदुत पनि फिर्ता बोलाएको छ ।

पाकिस्तानको विशेष समितिमा छलफलको क्रममा यो निर्णय भएको हो । साथै पाकिस्तान स्थित भारतीय उच्च अधिकारीहरुलाई भारत फिर्ता गरिएको छ । बैठक पछिको वक्तव्यमा उल्लेख भए अनुसार भारत सरकारले एकतर्फि रुपमा कश्मीर माथीको विशेष अधिकार खोसेपछि यो स्थिती उत्पन्न भएको हो । साथै पाकिस्तानले स्वतन्त्रता दिवस १४ अगस्टमा कश्मीरीहरुको साथ ऐक्यवद्धता प्रर्दशन गर्ने दिनको रुपमा मनाउने र अगस्ट १५ लाई कालो दिवस को रुपमा मनाउने निर्णय पनि गरेको छ ।

samajikkhabar.com