samajikkhabar.com

स्कटल्याण्ड- पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायहरुमाथि आक्रमण तथा उनीहरुका धार्मिक स्थलहरुमा समेत आक्रमणका घटना बढेको छन्।गत बुधबार खैबर पख्तूनख्वामा एक मुस्लिम धर्मगुरुको अगुवाईमा सयौंले एक हिन्दु समाधिस्थलमा हमला गरी भत्काइदिएका थिए।

प्रान्तको करक जिल्लामा हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थलाई मुस्लिम समूहले भत्काइदिएपनि सरकारले कुनै कार्वाही गरेको छैन। यो क्षेत्र हिन्दुहरुको निकै महत्वपूर्ण क्षेत्र हो।परम हंसजी महाराजका अनुयायीहरु त्यस क्षेत्रमा पूजा(पाठ गर्न आउने पवित्र स्थल पनि हो। सन् १९९७ मा मुस्लिम अतिबादीहरुले मन्दिर भत्काइएपछि त्यहा अझै मन्दिरको पुनर्निर्माण हुन सकेको छैन।

यो धार्मिक स्थल माथि मुस्लिम अतिबादिबाट गरिएको आक्रमणको भिडियो समाजिक संजालमा भाइरल भएसँगै चरम असन्तुष्टि बढेको छ। सामाजिक सञ्जालमा इमरान खान, सरकार, सेनाले घटनालाई रोक्न केही पहल नगरेको भन्दै चर्को आलोचना गरिएको छ।प्रधानमन्त्री इमरान खान र पाकिस्तनी सेनाकै उक्साहवटमा उक्त घटनाहरु भएको मानवअधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

samajikkhabar.com