samajikkhabar.com
srilanka vs bangaladesh
srilanka vs bangaladesh

बंगलादेश र श्रीलंका बीचको तिन खेलको एक दिवसिय सिरीज श्रीलंकाले क्लिनस्वीप गरेको छ । बुधबार भएको अन्तिम खेलमा श्रीलंकाले १२२ रनले बंगलादेशलाई हराउँदै क्लिनस्वीप गरेको हो । विजयी भएसंगै ३–० ले सिरीज जितेको हो ।

बंगलादेश बिरुद्धको सिरीज श्रीलंकाकै घरेलु मैदानमा भएको थियो । टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा २९५ रनको लक्ष्य दिएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ८७ रन बनाउँदा कुसल मेन्डिसले ८४ रनको पारि खेलेका थिए । भने डिमुथ करुणारत्नेले ४६ तथा कुसल परेराले ४२ रन जेडेका थिए ।

बंगलादेशको सफिउल इस्लाम र सौम्य सरकारले समान ३-३ विकेट लिएका थिए । २९५ रनको लक्ष सहित मैदान प्रबेश गरेको बंगलादेशी टोलि ३६ ओभरमै १७२ रन बनाउँदा अलआउट हुन पुगेका थियो । बंगलादेशको लागि सौम्य सरकारले सर्बाधिक ६९ रन बनाउँदा तेजुल इस्लामले नट आउट ३९ रनको पारि खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

samajikkhabar.com