samajikkhabar.com
Prison Riot Leaves 52 Dead in Northern Brazil
Picture: New York times

ब्राजिलमा जेल भित्रको झडपमा परि ५२ जना कैदिको ज्यान गएको छ । ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा झडप भएको हो । कैदी बन्दीहरु बीच करिब ५ घण्टा लामो झडप भएको थियो ।

जेलभित्र रहेका कैदिहरुको एक समुह अर्को कैदीको समुहमा गएपछि झडप भएको खुल्न आएको छ । झडपको क्रममा जेलको केहिभागमा आगजनि भएको छ । आगजनिको क्रममा केहि कैदीको निसास्सिएर ज्यान गएको हो भने अन्य १६ जनाको टाउको काटेर हत्या भएको छ ।
कैदीहरुले केहि सुरक्षा अधिकारीलाई पनि बन्दि बनाएका थिए । स्थानिय समय अनुसार सोमबार बिहान करिव ७ बजेको समय देखि घटना भएको हो । घटना सुरु भएको झण्डै ५ घण्टा पछि स्थिती नियन्त्रणमा आएको थियो । ब्राजिलका सञ्चार माध्यमहरमा जेलबाट धुवाँको मुस्लो आईरहेको तथा कैदी बन्दिहरु जेलको छतमा घुमिरहेको दृश्य देखाइएको छ । जेल भित्र कमाण्डो ए समुहका कैदिबन्दि र कमाण्डो वेर्मेल्हो समुहका कैदिबन्दि बिच झडप भएको थियो ।

ब्राजिलि समाचार संस्थाका अनुसार जेलमा क्षमता भन्दा बढि कैदि बन्दि रहेको पनि उल्लेख छ । सोहि कारण पनि समय समयमा ब्राजिलका जेलहरुमा झडप हुँदै आएको छ । जेलमा क्षमता भन्दा १११ जना कैदिबन्दि बढि रहेको जनाइएको छ । उक्त जेलको क्षमता २०० कैदिको रहेको छ ।

samajikkhabar.com