samajikkhabar.com
widebody
widebody

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जापानको लागि नयाँ भाडादर निर्धारण गरेको छ । नयाँ भाडादर अनुसार काठमाण्डौँबाट जापानको ओसाका सम्मको भाडा ३६,९९९ मु.अ.क सहित लाग्ने भएको छ ।
आगामी भदौबाट जापानको ओसाका सिधा उडान गर्ने तयारी वायुसेवा निगमले गरेको छ । ओसाका रुटको लागि काठमाण्डौँबाट ३६,९९९ एकतर्फी भाडा छ भने दुईतर्फि टिकटको लागि ७२,८१४ पर्नेछ । तर यो भने निगमको प्रवर्धनात्मक भाडा हो, दशैँ अघि भाडादर पुनः निर्धारण हुने छ ।निगमले काठमाण्डौँ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तराष्ट्रिय विमानस्थलमा हप्ताको तिन दिन उडान गर्ने छ । निगमको वाइडबडि विमानले मंगलबार बिहिबार र शनिबार उडान भर्ने वायुसेवा निगमले जानकारी दिएको छ ।
निगमको वाइडबडि ए ३३० जाहाजले ओसाका उडान गर्न लागेको हो । वाइडबडिले ओसाका काठमाण्डौँको दुरि तय गर्न साढे सात घण्टा लगाउने छ । निगमको तालिका अनुरुप एन ए ४११ नम्बरको जहाज काठमाण्डौँबाट दिउँसो २ः३० बजे उडेर ओसाका राति ११ः५५ मा र ओसाका बाट २ः३० बजे उडेर काठमाण्डौँ राति ११ः५५ मा अवतरण हुने छ ।
निगमको वाइडबडि जाहाजले गत माघ १९ मा जापानको लागि नेपाल उड्डयान प्राधिकरणबाट सञ्चालन अनुमति पत्र लिएको थियो । निगमले चिन, जापान, कोरिया, र साउदि अरबमा उडान भर्नको लागि वाइडबडि जाहाज ल्याएको थियो ।

samajikkhabar.com