samajikkhabar.com

काठमाडौं :भारतमा कोरोना संक्रममणका पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार योसँगै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ८०९ संक्रमित थपिएका छन् । भारतमा हालसम्म ४९ लाख ३० हजार २३६ जनामा कोरोना संक्रमण देखिसकेको तथ्यांकमा उल्लेख छ । 

भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

samajikkhabar.com