samajikkhabar.com

आबु धाबी : युनाइटेड अरब इमिरेट्‌स (यूएई) ले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन अनुमति दिएको छ । 

तेस्रो चरणको मानवीय परीक्षणमा रहेको भनिएको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका गर्न अनुमति दिइएको बीबीसीले जनाएको छ । चीनले उक्त खोप आफ्नो मुलुकमा फ्रन्टलाइनमा रहेका र उच्च जोखिम भएकाहरुलाई जुलाईदेखि नै लगाउन सुरु गरेको चिनियाँ अधिकारीहरुले बताएका थिए । 

उक्त खोपको परीक्षण भने पूरा भएको छैन । 

“यो खोप संक्रमणको उच्च जोखिममा रहेका अग्रपंक्तिका ‘डिफेन्स हिरोहरुका लागि’  उपलब्ध हुन्छ,” यूएईको राष्ट्रिय आपतकालीन संकट र विपद् व्यवस्थापन प्राधिकरणले ट्विटरमा लेखेको छ । 

प्राधिकरणले यो खोपको कुनै पनि ‘साइड इफेक्ट’ नभएकोसमेत दाबी गरेको छ । ३१ हजार स्वयंस्वीहरुमा यो खोप परीक्षण भइरहेको छ । 

विश्वभर हालसम्म करिब १४० भन्दा बढी खोपहरु विकासको प्रारम्भिक चरणमा छन् भने करिब दुई दर्जन खोपहरु क्लिनिकल ट्रायलको विभिन्‍न चरणमा छन् । केही सीमित खोपहरुमात्रै परीक्षणको तेस्रो चरणमा छन् । 

हालसम्म कुनै पनि खोपले मान्यता पाएको छैन । यसअघि रुसले अगस्त ११ मा विश्वकै पहिलो कोरोनाविरुद्धको खोप विकास भएको दाबी गरेको थियो । 

samajikkhabar.com