samajikkhabar.com

काठमाडौ : विश्वस्वास्थ्य संगठनले कोरोनावाट बच्न माक्स, सेनिटाइजर लगायतको प्रयोगलाई बढावा दिएको छ । यो नै कोरोनावाट बच्ने मुख्य उपायका रुपमा डब्लुएचओले सुझाएको छ । तर इटालीमा भने माक्स अनिवार्य गर्दा पनि कोरोनाको प्रभाव नरोकिएपछि माक्स प्रयोग विरुद्ध प्रदर्शन सुरु भएको छ । सरकारको निर्देशन पालना गर्दै सर्वसाधारणले अनिवार्य माक्स लगाएको भएपनि कोरोनावाट ज्यान गुमाउनेको संख्या बढेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेको छ । तर विगत केही दिन यता कोरोनावाट निधन हुनेको संख्या बढेपछि विरोध प्रदर्शन सुरु भएको हो । सर्वसाधारणले माक्स प्रयोगविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्वास्थ्यमन्त्रीले शनिबार १६ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएपछि प्रदर्शन भएको हो। लामो समयसम्म निधन हुनेको दर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्। यसअघि शुक्रबार ११ संक्रमितको निधन भएको थियो भने १ हजार ७३२ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै बिहीबार १० जना संक्रमितको ज्यान गएको थियो।

गत डिसेम्बरदेखि विश्वभर फैलिएको भाइरसबाट हालसम्म इटालीमा २ लाख ७६ हजार ३३८ संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये २ लाख ९ हजार ६१० निको भइसकेका छन्। त्यस्तै ३५ हजार ५३४ को ज्यान गएको छ।

samajikkhabar.com