samajikkhabar.com

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्रेट्सको तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसलाई यस पदका लागि उनी अयोग्य रहेको आरोप लगाएका छन् ।

ट्रम्पले बरु आफ्नै छोरी इभान्का ट्रम्प उपराष्ट्रपतिको भूमिकामा योग्य रहेको जिकिर गरे । इभान्का हाल ट्रम्पको सल्लाहकारको भूमिकामा छिन् । लन्डनडेरी, न्यु ह्याम्पसायरस्थित आफ्ना समर्थकहरुमाझ चुनावी अभियानको क्रममा ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।

क्यालिफोर्निया डेमोक्रेट्सको चुनावी अभियानलाई उनले हाँसोमा उडाउँदै आफ्नी छोरी उपराष्ट्रपतिको उपयुक्त दावेदार हुनसक्ने जिकिर गरेका थिए । ‘तपाईँलाई थाहा छ, मलाई पहिलो महिला राष्ट्रपति बनेको देख्ने मन पनि छ । तर उनको तरिकाले यस पदमा आएको देख्न चाहन्न म । र उनी सक्षम छैनन्, उनी सक्षम छैनन् । उनीहरु सबैले भनिरहेका छन्, हामी इभान्कालाई चाहन्छौँ,’ ट्रम्पले भने ।

रिपब्लिकनको अधिवेशन समापन भएको एक दिनपछि उनले ह्यारिसविरुद्ध यस्तो प्रतिक्रिया दिएका हुन् । कमला ह्यारिस अमेरिकामा पहिलो अस्वेत र पहिलो दक्षिण एसियाली मूलकी उपराष्ट्रपति उम्मेदवार हुन् । उनले संसदमा पनि २०१७ देखि क्यालिफोर्निको प्रतिनिधत्व गर्दैआएकी छन् ।

यसअघि उनी क्यालिफोर्नियाको महान्यायाधीवक्ता र त्यसअघि सान फ्रान्सिस्कोको जिल्ला न्यायाधीवक्ता थिइन् । अमेरिकामा आगामी नोभेम्बर ३ देखि राष्ट्रपतीय निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ ।

कमला ह्यारिस बाइडेनको पक्षबाट, अर्थात् डेमोक्रेट्स उपराष्ट्रपति उम्मेदवार हुन् । ट्रम्पले भने अभियानको क्रममा विना तथ्य, प्रमाण बाइडेन र ह्यारिसलाई विभिन्न लान्छना र आरोप लगाउँदै आएका छन् । साथै उनले विभिन्न झुटो दावी र भ्रामक अभिव्यक्ति दिएको कुरा अन्तर्राष्ट्रिय मिडियाले उजागर गरिसकेका छन् ।

यो पनि पढ्नुहोस:

चीनले नेपालका सरकारी अस्पतालका पीसीआर रिपाेर्ट नमान्ने

पीसीआरको लागि दबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ

बलात्कारको आरोपमा पुजारी पक्राउ

८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

कोरोनाबाट नेपालमा पुस मध्यसम्म ५० हजारको ज्यान जाने आँकलन सत्प्रतिशत गलत : जनस्वास्थविद्

samajikkhabar.com