samajikkhabar.com

काठमाण्डाै : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिनुभएको छ ।

पाकिस्तान सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि हिजो शुक्रबार प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिनुभएको हो ।

कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

बैठकमा आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा पनि छलफल भएको छ ।

पाकिस्तानका योजना मन्त्री असद उमरले छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको बताउनुभएको पनि सञ्चारमाध्यमले जनाएका छन् ।

यो पनि पढ्नुहोस:

पीसीआरको लागि दबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ

बलात्कारको आरोपमा पुजारी पक्राउ

८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

कोरोनाबाट नेपालमा पुस मध्यसम्म ५० हजारको ज्यान जाने आँकलन सत्प्रतिशत गलत : जनस्वास्थविद्

चीनले नेपालका सरकारी अस्पतालका पीसीआर रिपाेर्ट नमान्ने

samajikkhabar.com