samajikkhabar.com

काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०१७ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो पनि पढ्नुहोस:

कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै पुनर्नियुक्ति दिएको होला : मन्त्री खतिवडा

काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिए

एकैदिन थपिए १ हजार १११ कोरोना संक्रमित

कोरोनाविरुद्धको चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

samajikkhabar.com