samajikkhabar.com

काठमाण्डाै : भारतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ३० लाख ४४ हजार नाघेको छ । भारतमा आइतबार एकैदिन कोरोनाका ६९ हजार दुई सय ३९ जना सङ्क्रमित थपिएको त्यहाँको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमध्ये अहिलेसम्म २२ लाख बिरामी निको भएर घर फर्किएसँगै सङ्क्रमणपछि निको हुनेको प्रतिशत दर आइतबारसम्ममा ७४ दशमलव ८९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा नौ सय १२ जना सङ्क्रमितको ज्यान गएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ५६ हजार सात सय ६ पुगेको सरकारी त्यहाँको सरकारी तथ्याङ्कमा देखाइएको छ । 

भारतमा १५ दिनमै १० लाख सङ्क्रमित थपिएका हुन् । गएको अगस्ट ७ मा सङ्क्रमितको सङ्ख्या २० लाख पुगेकोमा अहिले सङ्क्रमितको सङ्ख्या तीस लाख पाँच हजार नाघिसकेको छ । 

सङ्क्रमितको सङ्ख्याको आधारमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा छ । 

पछिल्लो १८ दिनयता सबैभन्दा धेरै दैनिक कोभिड–१९ का सङ्क्रमित भेटिइरहेका छन् । 

samajikkhabar.com